Tuesday, December 10, 2024

मकाउमा खुल्यो अन्तराष्ट्रिय झापाली समाज

Share

माघ १० गते / •लीलाराज झापाली

विश्वभरनै अन्तराष्ट्रिय झापाली समाजको साखाहरु खुल्नेक्रमलाई तीव्रता दिइएको छ ।

हालै झापाको बिर्तामोडमा भएको समाजको चौथो महाधिवेशनबाट मुकुन्द ढुङ्गानाको अध्यक्षतामा बनेको नयाँ समितिले विश्वभर छरिएर रहेका झापालीहरुलाई सोही देशमा पुगि संगठित गर्न सुरु गर्नुभएको हो ।

मकाउमा समेत धमेन्द्र सिटौलाको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । जसमा सहसंयोजकमा मकर राई, सचिवमा बुद्धप्रसाद गिरी, सहसचिवमा बिजय प्रसाई र कोषाध्यक्षमा देउमान तामाङ्ग रहनुभएको छ ।

अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको प्रमुख आतिथ्यता तथा समाजका निर्वतमान अध्यक्ष छत्र सुब्बा हङकङको रोहबरमा समिति गठन भएको हो । समिति गठन भएपछि भौगोलिक रुपमा विश्वमा सानो मुलुक रहेको भएपनि मकाउमा रहेका झापाली मनहरुलाई विभिन्न समस्या र खुसीका वेलामा दुख्ख सुखमा दुःखसुख साटासाट गर्ने थलोका रुपमा समेत अन्तराष्ट्रिय झापाली समाज बन्नेमा आफुहरु विश्वस्त रहेको सहभागिहरुको भनाई रहेको छ ।

मनाउमा बनेको यस समाजले झापालीहरु मिली झापा र झापाली हरुका हरेक समस्याहरुमा जात धर्म र पाटीभन्दा माथि उठेर समाजका समस्यामा सहयोग गर्ने अध्यक्ष सिटौलाले प्रतिवद्धता जनाउनुभएको छ । तदर्थ समितिले ३ सहिनाभित्रमा नयाँ समिति बनाउने समेत जनाएको छ । समाजले मकाउमा रहनुहुने सबै झापालीहरुलाई परोपकारी संस्थामा गोलवद्ध हुन समेत आग्रह गरेको छ ।

अन्तराष्ट्रिय झापाली समाजको कार्यक्रममा झापा निवासी गैह्र आवाशीय नेपाली समाज मकाउका अध्यक्ष भीमसेन श्रेष्ठ (रुस्तम) लगायातकाे आथित्यता रहेको थियो ।

अन्तराष्ट्रिय झापाली समाजले विश्वका अन्य मुलुकहरुमा समेत आफ्नो समाजको गतिविधिलाई तीव्रता पार्ने र नयाँ समिति साखा खुल्ने र अधिवेशन लगायातका कार्यक्रमहरुलाई निरन्तता दिएको अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताउँनुभयो ।

सम्वन्धित

अन्य समाचार