Thursday, November 21, 2024

एमाले कनकाईको अध्यक्षमा ओझा र सचीवमा शिवाकोटी निर्वाचित

Share

१७ जेठ २०८१
कनकाई
नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ।

गएराती भएको निर्वाचनबाट ३सय२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित हुनुभएको हो । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै आउनुभएको छ । ओझाको नेतृत्वमा आएको एमाले कनकाई नगर कमिटीले पाटी सुदृढीकरण साथै संगठन विस्तारमा थप भुमिका खेल्ने विश्वास गरिएको छ ।
ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छवीलाल थपलियाले २ सय ४ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १सय ४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १सय८१ मत प्राप्त गर्दै विजयी बन्नुभयो। एमाले वडाकमिटी कनकाई वडा नं.४ को सफल नेतृत्व प्रदान गर्दै आएका पौडेल स्थानीय स्तरमा क्रियाशिल एक सामाजिक कार्यकर्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुनुहुन्छ । उपाध्यक्षका अन्य प्रत्यासीहरु क्रमशः इन्द्र पुलामी मगरले ८४ मत, ऋषिकेश खतिवडाले १सय २४ मत, देवीप्रसाद उप्रेतीले १ सय४१ मत र प्रेमबहादुर कटुवालले १सय५० मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

त्यस्तै सचिव पदकालागी एमालेका युवा नेताका रुपमा परिचित प्रकाश शिवाकोटीले २सय९५ मत प्राप्त गर्दै निर्वाचित भएको छ । कनकाईको वडा नं.७ का पुर्व जनप्रतिनिधिका रुपमा रहेर वडामा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका शिवाकोटी गएको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्षका प्रत्यासी बन्नुभएको थियोे । उनका प्रतिस्पर्धीहरु क्रमशः विश्वविजय खरेलले १सय५९मत, मिनाल तिम्सिनाले १सय२ मत र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

त्यस्तै उपसचिवमा पुरुष तर्फ ख्यामप्रसाद ओलीले ३सय९१ मत प्राप्त गर्दै विजयी बन्नुभयो । कनकाई सामुदायिक वनको अध्यक्ष समेत रहेका ओली होटल व्यवसायिक संघ लगायत अन्य विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर सफल कार्य सम्पादन गर्दै आएका सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी शुक्रराज भण्डारीले १सय८५ मत र नविनकुमार राइैले ६६ मत प्राप्त गर्न सफल भएको बताइएको छ । महिला उपसचिवमा राधिका ओली कडरियाले सर्वाधिक मत ४सय७९ ल्याएर विजेता बन्नुभयो ।लामो समयदेखी शिक्षा क्षेत्रमा रहेर पनि पार्टी राजनीतिमा सक्रिय कडरिया यस क्षेत्रमा सम्भावना बोकेकी एक सफल महिला नेतृका रुपमा परिचित हुँदै आउनुभएको छ । उहाँका प्रतिस्पर्धीका रुपमा रहेकी विन्दा थापाले १सय६४ मत प्राप्त गर्न सफल भएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् । निर्वाचनमा जम्मा ६सय८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा प्रतिनिधिका रुपमा कुल ७सय९२ मतदाता रहेका थिए । मतदान स्थल कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न मतगणना सहितको निर्वाचनको काम शान्तीपूर्ण रुपमा सम्पन्न गरेको जनाइएको छ ।

सम्वन्धित

अन्य समाचार