Friday, December 27, 2024

बंगाली समाज कनकाईको होली मिलन विशेष रौनक

Share


१२ चैत २०८०
कनकाई।

झापाको कनकाई ३, सुरुङ्गा स्थित बंगाली समाजले यसबर्षको होली पर्वलाई विविध सास्कृतिक कार्यक्रमको विच मनाएको छ ।

अघिल्ला ४ बर्षदेखि नियमित रुपमा होली पर्व मनाउदै आइरहेको बंगाली समाज कनकाईले यस बर्षमा समेत आफ्नो धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना र विभिन्न परिकार सेवन गर्दै मनाएको समाजका अध्यक्ष पंकज मण्डलले जानकारी दिनुभयो ।


कनकाई ३ सुरुङ्गामा आयोजित होलि मिलन कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वार्ड सदस्य अनिल गोयल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराई लगायातले होलिको महत्व र बंगाली समाजले आयोजना गरेको होलि पर्वले एकअर्काविच भाइचाराको सम्बन्ध अझ बढेर जाने विश्वास व्यक्त गर्नुभएको थियो ।


बंगाली समाजका कनकाईका अध्यक्ष पंकज मण्डललको सभापतित्व तथा उपाध्यक्ष दिगम मण्डलको स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रविन मण्डलले गर्नुभएको थियो । कार्यक्रममा होलि सम्बन्धि गितहरुमा नाचगान समेत गरिएको थियो । कनकाई नगरपालिका ३ मा मात्रै ४५ बंगाली घरपरिवारको बसोबास रहेको बंगाली समाज कनकाई सुरुङ्गाका अध्यक्ष पंकज मण्डलले बताउँनुभयो ।

सम्वन्धित

अन्य समाचार