४ माघ २०८०चन्द्र बस्नेत कनकाई,
झापाको पवित्र एवम् धार्मिक स्थल कनकाई माईको पुर्वी किनारमा गत पौष २९ गते बाट माघ २ गतेसम्म माइवेनी मेला लागेको स्थानको सरसफाई गर्न सुरु गरिएको छ ।
आफ्नो काम आफै गरौं भन्ने मुल उध्येश्यका साथ कनकाई वडा न ४ मा रहेको उक्त स्थानको वडा कै अगुवाइमा सबै टोल विकास सस्थाको सहयोगमा मेला स्थलको सरसफाइ सुरु गरिएको वडा अध्यक्ष रोषन सुवेदीले जानकारी दिनुभयो ।
मेला स्थल धार्मिक क्षेत्र पनि भएकाले मानिसका लागी सरसफाइ अति आवश्यक छ भन्दै सरसफाई कार्यक्रम सुरुवात गरिएको वडा अध्यक्ष सुवेदीले स्पष्ट पार्नुभयो।स्वच्छ वातावरणमा जिउनका लागि सरसफाई आवश्यक छ त्यसमापनि पर्यटकीय एवम् धार्मिक क्षेत्रको सरसफाई गर्नु हामी सबैको दायित्व हो भन्दै सरसफाई सुरु गरिएको र यो नसकिउनजेल सम्म निरन्तर भईरहने कार्यपालिका सदस्य लक्ष्मी कटुवालले बताउनुभयो ।
३ दिनसम्म लागेको मेलामा यस वर्ष विगतमा भन्दा भक्तजनहरु पनि धेरै आएको र मेला सब्य अनि भब्य रुपमा सम्पन्न भएको बताएको छ । मेला भर्न नेपालका विभिन्न ठाउँ छिमेकी मुलुक भारतका साथै भुटानबाट समेत हज्जारौको सङ्ख्यामा भक्तजनहरु सहभागी भएको बताएको छ ।
मेला सब्य र भब्य रुपमा सम्पन्न पार्न यस पटक ४ सय १ सदस्यीय मेला व्यावस्थापनकासमिति बनाई परिचालन गरिएको थियोे । यस पटक मेलामा उतिकै मात्रामा स्वयम सेवक र नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायातको व्यावस्थापनका लागि समेत ट्राफिक प्रहरी खटाएको थियोे ।
यस वर्ष विगत झै ट्राफिक जाम नभई सहज रुपमा यातायात चलाउन सफल भएकोे यातायात व्यावसायि हरुले बताएका छ्न। मकर संक्रान्तिका दिन कनकाई माईमा मकर स्नान गरेर तिलको लडडु, तरुल खाएर तिलको आगो ताप्नाले मकोकामना पुरा हुने, छालाको रोग नलाग्ने जनविश्वास रहिआएको छ ।
माईवेनी मेलामा विभिन्न खाद्य परिकार र खेल तमासाहरु राखिएको थियोे भने मकर स्नान गर्न आउनेहरुको सुविधालाई ध्यानमा राखेर ठाउँ ठाउँमा आगो ताप्ने व्यावस्था समेत मिलाइएको थियोे ।
मेला भर्न आउनेहरुका लागि उचित ट्राफिक व्यावस्थापन र वारीपारि गर्नका लागि कनकाई नदिका भिन्न भिन्न स्थानमाअस्थायी पुल समेत बनाइएपछि कनकाई माईपुलमा सवारी आवगमन समेत सहज भएको थियोे ।