Friday, October 18, 2024

कनकाई ७ मा रहेको फक्तालुङ्ग अङ्ग्रेजी माविमा स्काउटको वान नाईट क्याम्प फायरिङ

Share

१९ फागुन २०८० कनकाई

झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक बिद्यालयमा स्काउटको वान नाईट क्याम्प फायरिङ सम्पन्न भएको छ ।

विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटीले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो ।

बिद्यालयमा क्याम्प फायरिङ पुर्व स्काउट दलको मेमोरी रेस , विना भाडा खाना पकाउने , वाटर ब्यालेन्सिङ्ग , नटिङ्ग जस्ता विधामा प्रतियोगिता सञ्चालन गरिएको थियोे । तेस्तै बिद्यार्थीहरु मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक जस्ता कृयाकलापमा सहभागी भएका थिए । त्यसै गरि साझमा क्याम फायरिङ्ग सगै नृय प्रतियोगिता गरिनुका साथै विभिन्न अप्रतिय‍ोगी सास्कृतिक कार्यक्रम गरिएको बिद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख शिवाकोटीले स्काउटले एउटा ब्यक्ति पुर्ण हुन अनुशासन , गतिशीलता र निरन्तरता आवाश्यक रहने र त्यो स्काउटले दिने बताउनु भयो । तेस्तै हाल कनकाईमा निजी बिद्यालयहरुमा क्याम्प फायरिङ सहितको कार्यक्रम भईरहेको तर सामुदायिक विद्यालयमा स्काउट रहेता पनि क्याम्प फायरिङ सहितको कार्यक्रम नभएको हुदा सामुदायीक विद्यालयमा पनि यश किसिमको कार्यक्रम गर्न पर्ने बताउनु भयो ।

जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिला बहादुर कन्दङ्वाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कनकाई वडा नं. ७ का वडा अध्यक्ष भीष्म भूषण सिटौला , नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत , नेपाल स्काउट कोशी प्रदेश परिसद सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक द्वय नारायण श्रेष्ठ र शिवानी देवान , स्काउटर संगीता लिम्बू , सृजना लिम्बू , सुमित लिम्बू , मोहन तिम्सिना , रोभर उज्वल प्याकुरेल , साकार खड्का , गौरव झा , यमनाथ श्रेष्ठ , हिमाल कटेल , शिशिर भट्टराई , रेन्जर विकिसा कडेल , ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई , दुर्गापुर बजार व्यवस्थापन समिति अध्यक्ष धनपाल कन्दङ्वा , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,कनकाईका निजि विद्यालयका प्रिन्सिपलहरु , बिद्यालयका बिद्यार्थी साथै अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थिति सबैलाई स्वागत बिद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले गर्नुभएको थियो भने सञ्चालन बिद्यालयका साहायक प्रिन्सिपल लक्ष्मी अधिकारी र विद्यार्थी रिजन तिम्सिनाले गर्नुभएको थियोे ।फक्तालुङले विद्यार्थीहरूलाई समय समयमा ध्यान, नृत्य, गायन, चित्रकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरूपनि गराउँदै आएको प्रधानाध्यापक नेम्वाङले जानकारी दिनुभयो ।
१४ वर्ष अघि थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल ५ सय बढी बिद्यार्थी ३० बढी शिक्षक शिक्षिका अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका प्रिन्सिपल नेम्वाङले जानकारी दिनुभयो ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका सहायक प्रिन्सिपल अधिकारीले बताउनुभयो ।
अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका प्रिन्सिपल नेम्वाङले बताउनुभयो ।
विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा दिदै आएको छ।

सम्वन्धित

अन्य समाचार