Sunday, January 19, 2025

यस्तो छ आजको मौसम

Share

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। 

दिउँसाे  बागमती, गण्डकी र काेशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

त्यस्तै काठमाडौं उपत्यकामा पनि सामान्य वर्षााको सम्भावना छ।

‘लगातार पानी परिरहने हुँदैन, राेकिने र फेरि पर्ने क्रम चलिरहने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने।

त्यस्तै कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना पनि रहेको छ। 

आगामी तीनदिन सम्म बादल लाग्ने, पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् अधिकारीले बताए। 

सम्वन्धित

अन्य समाचार