Friday, October 18, 2024

भद्रपुरमा श्री मार्कण्डेय महापुराण तथा सप्ताह ज्ञान महायक्ष हुने

Share

विज्ञापन

भद्रपुर । भद्रपुर नगरपालिका- ४ स्थित लक्ष्मीनगरमा श्री मार्कण्डेय महापुराण तथा सप्ताह ज्ञान महायक्ष हुने भएको छ । श्री चन्द्र मौलेश्वर महादेव सोम तीर्थधामको आयोजना यही फागुन १८ गतेदेखि २६ गतेसम्म मार्कण्डेय महापुराण हुन लागेको तीर्थधामका लेखा समिति सदस्य शंकर रिजालले जानकारी दिए ।

तीर्थधाममा राधाकृष्ण मन्दिर निर्माण र अक्षयकोष स्थापनाका लागि महापुराणको आयोजना गर्न लागिएको रिजालले बताए । महापुराण व्यवस्थापन समितिका अध्यक्ष कपिल पोखरेलका अनुसार महापुराणको प्रमुख वाचक व्यासाचार्य गुरु लक्ष्मीप्रसाद खतिवडा रहेका छन् । उपवाचकमा अभिनारायण कट्टेल र भजन गायिका सीताकिशोर ढुङ्गाना रहेका छन् । पुराणको तयारी तीव्र पारिएको उनको भनाई छ।

सम्वन्धित

अन्य समाचार