Sunday, January 19, 2025

कनकाईका युवा सराेज अधिकारीकाे निर्देशनमा बन्दै वेब सिरिज “दिल मिल”

Share

इन्टरनेटको पहुँच र मानिसको व्यस्तताको कारण पछिल्लो समय युवा पुस्ता देखी सबै उमेर समुहका मानिसहरुको दैनिकी युट्युब लगायत सामाजिक सन्जालको प्रयोगको कारण नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ ।

करीब एक दशक अगाडी टेलिभिजनमा प्रशारण गरिने सिरियल निर्माण गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने आफैले सोचेको कथालाई सिरिजको रुप दिएर आफुले भन्न खोजेको कथालाई वेबमै रिलिज गर्न सकिन्छ। यसै क्रममा झापाका सरोज अधिकारीको कथा एवम निर्देशन मा आईतवार एक कार्यक्रम बीच सिरिज छायांकन हुने सम्झौता भएको छ।

ADVERTISEMENTझापाका दुई प्रोडक्शन कम्पनी “पारानेप मोसन पीक्चर प्रा.ली ” र “बि.बि प्रोडक्शन हाउस” बिच वेब सिरिज निर्माण र्माण गर्ने सम्झौता भएको हो।सरोजको निर्देशनमा वेब सिरिज तयार हुदैँछ उक्त वोब सिरीज मा अडीसन मार्फत कलाकारहरु छनोट गरिने कम्पनीका सन्तोस राना मगरले बताए।नेपाली र हिन्दी दुबै भाषामा निर्माण एवम प्रदर्शन गरिने वेव सिरिजलाई सरोज आफैले लेखेका हुन।

भने सन्तोस राना मगरले छायांकन गर्ने छन।त्यस्तै नेपाली संस्करण को प्रतीलीपी बिबि प्रोडकशन को रहन्छ भने हिन्दी संस्करण पारानेप मोसन पीक्चर को रहने छ।

सम्वन्धित

अन्य समाचार