Tuesday, December 10, 2024

दिल्लीमा नेपाली महिला मृतावस्थामा फेला

Share

झापा , साउन १० । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् ।

दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ । ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ ।

महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् । कमलाका श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् ।

कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घटना हुँदा कमलाका छोरा—छोरी विद्यालयमा थिए भने श्रीमान काम विशेषले बैंक गएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, कमलाले पछिल्लो आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । कमलाको शवलाई एम्स अस्पतालको शवगृहमा राखिएको र उनको शरीरमा आन्तरिक चोटको कुनै संकेत नपाइएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार