Friday, October 18, 2024

कनकाईमा लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा कानूनी प्रशिक्षण कार्यक्रम आईतवार सम्पन्न

Share


२४ मंसिर २०८० चन्द्र बस्नेत कनकाई,
झापाको कनकाईमा लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा महिला हिंसा सम्बन्धी विभिन्न वडामा कानूनी प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तत्रगत कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी कानूनी प्रशिक्षण एवम् विद्यार्थी लक्षित सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको हो

किशोरावस्थाका बालबालिकालाई लक्षित गरी कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण अधिवक्ता तारा बारकोटीले सहजीकरण गर्नुभएको थियोे ।


त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार जस्ता जघन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानुनी व्यवस्था जस्ता विषयमा नगरका कानुन अधिकृत भुपेन्द्र बस्नेतले सहजीकरण गर्नुभएको थियोे ।


१६ दिने अभियान अन्तत्रगत नै यस अघिपनि महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले वडा न १ को कार्यक्रम नगरपालिकाको सभाहलमा त्यस्तै वडा न ५ र ८ मा समेत २÷२ दिवसीय कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो ।
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।


प्रमुख अतिथि खरेलले अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार, आफन्तबाटै हुने गरेको र पछिल्लो समय यसमा केही कम हुँदै गएकोमा खुशी प्रकट गर्नुभएको थियोे ।
कार्यक्रममा नगर उपप्रमुख शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नगरभरिका निजी तथा सामुदायिक विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं. १ का अध्यक्ष सुशील कुमार पोखरेल, कनकाई अपांग सघका अध्यक्ष पुस्पलाल घिमिरे , हरिकुल नमुना विद्यालय सुरुङ्गाका शिक्षक सन्दीप मरासिनी , सरस्वती मा वि का शिक्षक सुर्यप्रसाद अधिकारी , चम्फापुर माविका शिक्षक कुबेर पौडेल कनकाई अपांग सघका कोषाध्यक्ष सृजना बराल लगायतले शुभकामना मन्तव्य राख्दै लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।नगर उपप्रमुख शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमा नगर बाल्सन्जालका अध्यक्ष अबिशेक मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन कनकाई नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुका तर्फबाट हरिकुल नमुना विद्यालय सुरुङ्गाका विद्यार्थीहरु दिक्षयान्त प्रसाईं , संस्कृती पौडेल र आयुस्मा खतिवडाले कार्यक्रम उपयोगी रहेकोे प्रतिक्रिया दिदै दैनिक जीवनमा कार्यन्वयन गर्न र गराउन भुमिका खेल्ने धारणा राखेका थिए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने गरेको छ ।

सम्वन्धित

अन्य समाचार