Friday, October 18, 2024

माग पूरा नभएसम्म आन्दोलन नरोकिने: दुर्गा प्रसाईं

Share

व्यवसायी दुर्गा प्रसाईंले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै भएको दाबी गर्नुभयो ।शुक्रबार बिहान ११ बजे तीनकुनेमा जम्मा भएर प्रदर्शन गर्ने भन्दै प्रसाईंले देशको अहिलेको परिस्थितिबाट पीडित सबै प्रदर्शनमा आउनु पर्ने बताउनुभयो ।

बिहीबारको प्रदर्शनका क्रममा बल्खुमा भएको झडपमा आफ्नो पक्षका २६ जना घाइते भएको र एक जनालाई टाउकोमा गोली लागेको दाबी समेत उहाँले गनुभयो ।

सम्वन्धित

अन्य समाचार