काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। कामनपाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो।
५३ वर्षीय रिजालको बिहिबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उनी कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित थिए।
