Friday, October 18, 2024

जनकपुरको राजदेवीमा १५ हजार २५१ बोका बली

Share

जनकपुरधाम : जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाबली दिइएको छ। हरेक वर्ष अष्टमी तिथिका दिन दिइने बोकाबलीअन्तर्गत आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरु भएको बली सोमबार बिहान ४ बजेसम्म चलेको थियो। 

यस वर्ष राजदेवीमा १५ हजार २ सय ५१  बोकाको बली दिइएको महावीर युवा कमिटीका अध्यक्ष अजय प्रसाद गुप्ताले जानकारी दिए। परापूर्वकालदेखि महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा रहेको छ। यसअघिका वर्षमा १४ हजार ९४१ बोकाको बली दिइएको थियो। 

यसैगरी २०७८ मा १४ हजार २ सय ४१ बली दिइएको थियो। कोरोना महामारीको समयमा समेत राजदेवीमा ८ हजार ८ सय ६६ बली दिइएको थियो। यसैगरी २०७६ मा १४ हजार ६ सय ३३ र २०७५ मा १४ हजार ९ सय ९७ बली प्रदान गरिएको थियो। 

स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए। आइतबार दिउँसो देखि नै जनकपुरमा बली चढाउनेहरू पुगेका थिए। बली दिन युवा कमिटीहरूले संयुक्त रुपमा उल्लेखनीय संख्यामा स्वयंसेवक परिचालन गरेको पुजा मूल समितिका संयोजक राज भगत अन्नपूर्णलाई जानकारी दिए। बली प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले जनकपुरधाम गुठी संस्थानले लिएको थियो।अन्नपूर्णपोस्टबाट

सम्वन्धित

अन्य समाचार