Thursday, November 21, 2024

प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान

Share

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतका Chief of the General Staff, General Sir Patrick Sanders KCB, CBE, DSO, ADC Gen को निमन्त्रणामा औपचारिक भ्रमणको लागि  २०८० आश्‍विन २१ गते बेलायत प्रस्थान गरेका छन् ।


 बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकन स्थित Sennybridge Training Area (SENTA) Camp को भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको Cambrian Patrol मा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने कार्यक्रम रहेकाे छ ।


भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी General Sanders सँग शिष्टाचार भेटघाट हुनेछ । त्यस्तै, प्रधान सेनापतिबाट बेलायती सेनाको Land Warfare विभागका निर्देशक, Royal College of Defence Studies र Royal Military Academy Sandhrust का कमाण्डान्टहरुसँग भेटघाट तथा Brigade of Gurkhas को समेत भ्रमण हुनेछ ।


प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी  सन्तोष कुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी भएका छन् ।


प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी  सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जानकारी दिएकाे छ ।


  प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव  किरणराज शर्मा तथा बलाधिकृत रथी  सरोज प्रताप राणाले बिदाइ गरेका थिए  ।

सो अवसरमा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । बेलायत प्रस्थान गर्नु अघि प्रधान सेनापति शर्मालाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

 बेलायत भ्रमण पश्चात् प्रधान सेनापति यही आश्‍विन २७ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।

सम्वन्धित

अन्य समाचार