झापा, ३० बैशाख । गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उनीविरुद्ध उजुरी दिएकी थिइन् । गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।