Friday, October 18, 2024

कारितास नेपालले संचालन गरेको परियोजनाको अनुगमन

Share


साझा न्यूज़/असोज १० झापा/ झापा गाउँपालिका र मिसियो म्युनीखको आर्थिक सहयोग तथा कारीतास नेपाल द्वारा सञ्चालीत सुरक्षित बैदेशीक रोजगार प्रर्वधन तथा मानव वेचविखन रोकथाम परियोजनाको अनुगमन सम्पन्न भएको छ ।


परियोजनाले संचालन गरेको जिविकोपार्जन तथा युवा उद्धमशिलता कार्यक्रममा सहभागि भई व्यवशाय संचालन गर्दै गरेका रेनुका लामाङ, दुर्गा बाहादुर क्षेष्ठ, मनोज शार्माको किराना पसल, तेज बाहादुर मगर, माइनो हस्दा ,मनमाया पाठक, नन्दलाल गणेश र मुन्सी हस्दाको गाई पालन, मलाई सिह गणेशको साईकल मर्मत पसलको अनुगमन गरीएको थियो ।

परियोजनाले बैदेशीक रोजगारमा गएका र शुरूक्षित बैदेशिक रोजगार तथा बैदेशिक रोजगारमा असफल भै फर्किएका व्यक्तिहरूलाई जिविकोपार्जनका लागी रोजगारबाट उद्यमी तथा व्यवसायी बन्न बिभीन्न किसिमका सामग्रीहरु सहयोग गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकाहरूको योजनाहरुको अनुगमन गरीएको परियोजनाका बरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनु भयो ।

संञ्चालीत कार्यक्रमहरुको अनुगमनमा झापा गाउँपालिकाबाट कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रसासकिय अधिकूत गजेन्द्र थपलिया वडाध्यक्षहरू शखिचन्द ठाकुर,नविन किशोर थापा, हिमाल कुमार चम्लागाई र वडा सदस्य कुमार राई लगायत परियोजना सल्लाकार सदस्यका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भनि कारितास नेपालबाट प्रदेशिक प्रबन्धक देवेन्द्र पोखे्रल, परियोजना अधिकृत हिमालय अधिकारीसहितको, वरिष्ठ सामाजिक परिचलाक विवेक शिवाकोटी, सामाजिक परिचालक अर्जुन सिटौला लगायतको उपस्थिती थियो ।

सम्वन्धित

अन्य समाचार