Friday, October 18, 2024

बिर्तामोडका १२ वटा विद्यालयलाई कारबाही गर्दै नगरपालिका

Share

झापा । छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कारबाही गर्ने भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेस गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेस नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारबाही हुने चेतावनी दिएको छ ।हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरू निम्न छन् ।

विराट अर्जुन इङ्लिस स्कुल बिर्तामोड १० , मिडिल प्वाइन्ट इङ्लिस स्कुल बिर्तामोड ५ , नवोदय फनमिन इङ्लिस स्कुल बिर्तामोड ३ , सिद्धार्थ शिशु सदन बिर्तामोड १० ,हिमरेश एजुकेसन एकेडेमी बिर्तामोड १ ,सनराइज एजुकेसन फाउन्डेसन बिर्तामोड ८ ,बेबी लेन्ड इङ्लिस स्कुल बिर्तामोड ४ , मंगलदिप एलाईट इङ्लिस स्कुल बिर्तामोड २ ,हेप्पी किड्स इङ्लिस स्कुल बिर्तामोड ५ , ग्रिनउड इङ्लिस स्कुल बिर्तामोड ४ ,प्राग्ना इङ्लिस स्कुल बिर्तामोड १ र बिर्ता एजुकेसन इङ्लिस स्कुल बिर्तामोड ६ रहेका छन् ।बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् ।

तीमध्ये ४६ वटाले छात्रवृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुई पटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । त्यसलाई अटेर गरेपछि बुधवार कारबाहीको चेतावनीसहितको सूचना नगरपालिकाले प्रकाशित गरेको हो । सात दिने म्याद सकिएपछि नगरपालिका कारबाहीको प्रक्रियामा जाने निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।‘हामीले ७ दिने म्यादसहितको अन्तिम सूचना निकालेका छौँ ’ निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।

’ नगरका विद्यालयहरूलाई बारम्बार भन्दै आए पनि अटेर गरेर कतिपय विद्यालयहरूले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताए ।

सम्वन्धित

अन्य समाचार