झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई पक्राउ गरेको छ ।
साइँलीले ती बालिकालाई बुवा आमा धान रोप्न गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।