Friday, October 18, 2024

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा श्रीमान श्रीमतिको हत्या भएको छ ।

Share

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा श्रीमान श्रीमतिको हत्या भएको छ ।प्रतापपुर गाउँपालिकाको वार्ड न ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमति निर्मला भेडिहारको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।भेडिहार दम्पतीको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले बताउनु भयो ।मृतकहरुको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो ।खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार