Friday, October 18, 2024

सबैको गन्तव्य बन्दै कनकाईको प्राविधिक शिक्षा

Share

शिक्षा त्यस्तो ठाउ हो जहाँ लगानी गरे पछी ढिलो गरेर मात्र प्रतिफल प्राप्त हुन्छ। कनकाई नगरपालिकालाई शिक्षाको हव बनाउनलाई यहाँ अनेकौ क्रियाकलापहरु संचालन भईरहेका छन। त्यस मध्येको एक हो कनकाई पोलिटेक्निक इन्ष्टिच्युट। अहिले कनकाई नगरमा संचालित कनकाई पोलिटेक्निक इन्ष्टिच्युट सवै विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गईरहेको छ। २०७६ सालमा स्थापना भएको यो शिक्षालयमा हाल डिप्लोमा तहका ३ वटा कार्यक्रमहरु डिप्लोमा इन आईटी इन्जिनियरिङ, डिप्लोमा इन सिभील इन्जिनियरिङ र डिप्लोमा इन जियोमेट्रिक इन्जिनियरिङ विषयको अध्यापन भईरहेको छ। साथै गत वर्षवाट प्रि डिप्लोमा तह अन्तर्गत  औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तगर्त प्रि डिप्लोमा इन सिभिल इन्जिनियरिङ र प्रि डिप्लोमा इन इनफरमेसन टेक्नोलोजी विषयको अध्यापन भईरहेकोछ।

डिप्लोमा तह र प्रि डिप्लोमा गरी हाल जम्मा ३३७ जना विद्यार्थीहरु अध्ययन गरिएको जानकारी तहाँका कोअर्डिनटेर श्री खगेन्द्र मिश्र बताउनुहुन्छ। हामीले १ महिना अगाढी १ व्याज बिद्यार्थी समेत उत्पादन गरिसकेका छौ। अहिले प्राविधिक शिक्षा अन्तर्गत  कनकाई पोलिटेक्निक इन्ष्टिच्युट सवैको रोजाईमा पर्दै आएको छ। सस्तो सर्भसुलभ र प्राविधिक शिक्षा स्थानिय स्तरमै पाईने भए पछी नेपालका बिभिन्न जिल्लाका विद्यार्थीहरु समेत यहाँ आई अध्यान गरिरहेका छन। खास गरी ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ,  सुनसरी सप्तरी, सिराहा, सिन्धुली,रौतहट, महोतरी स्याङ्जा, जुम्ला, तेह्रथुम, धनकुटा, संखसभा, भोजपुर लगायतका स्थानवाट यहाँ विद्यार्थीहरु आई अध्ययन गरिरहेको कोअर्डिनटेर मिश्र बताउछन।

गत वर्षवाट संचालित प्रि-डिप्लोमा तहको कार्यक्रममा भने अझ विद्यार्थीहरुको आकर्षण रहेको मिश्र बताउछन। प्रि डिप्लोमा तहको अध्ययन गर्न कुनै शुल्क लाग्दैन। यो दुई वर्षको कोर्ष हो, जम्मा सिभिलमा ३० जना र आईटीमा २० जनाले पढ्न पाउछन। इन्ट्रान्सवाट छनोट भएका विद्यार्थीलाई यहाँ ४ महिना पढाईन्छ त्यस पस्चात कुनै फर्म/ कम्पनी उद्योगमा गई १९ महिना औद्योगिक सिकाई गर्ने गर्छन भने त्यो समयमा हप्तामा १ दिन फेरी शिक्षालयमनै उपस्थित भएर शिक्षा लिन पाउछन। हप्ताको १ दिनको कक्षाले फर्म/इनडस्ट्रिले सिकाउन नसकेका विषयहरु हामी पढाउछौ। हामीले अहिले २५ वटा भन्दा बढी फर्म/कम्पनी/उद्योग संग सम्झौता गरेका छौ। सो अवधिमा प्रि डिप्लोमा पढ्ने विद्यार्थीलाई हामी कुनै शुल्क लिदैनौ बरु हामी विद्यार्थीलाई  दैनिक हाजिरीको आधारमा खाजा खर्च वापत दिनको १०० का दरले उपलब्ध गराउछौ। इन्डस्ट्रियल लर्निङको समयमा विद्यार्थीले फर्म/कम्पनी उद्योगवाट समेत मासिक न्युनतम ४००० देखि माथि भत्ता प्राप्त गर्दछ। जसले गर्दा १ जना विद्यार्थीले पढाई संगसगै मासिक करिव ७००० माथि पैसा पनि पाउछ। पढ्न पनि पायो, ड्रेस लगाउने समेत पैसा हामीलेनै दिने गरेका छौ। त्यो भएर यो कार्यक्रम अझ प्रभावकारी भएको छ।

हामीले सर्भसुलभ तवरवाट स्थानीय स्तरमानै प्राविधिक शिक्षा उपलब्ध गराई रहेका छौ। कुल विद्यार्थी मध्ये हामीसंग प्रि डिप्लोमा ५० जना र डिप्लोमा तहका ४६ जना, छात्रवृतिमा अध्ययन गर्दैछन केही विद्यार्थीहरुलाई बिभिन्न संघसंस्था तथा केही स्थानिय तहले छात्रवृति उपलब्ध गराएका छन। यसरी छात्रवृत पाउने विद्यार्थीको गणाना गर्ने हो भने ११० जना भन्दा बढी नै हुन्छ कोअर्डिनेटर मिश्र बताउनुहुन्छ।

हाम्रो शिक्षालय नगरपालिकावाट संचालित शिक्षालय भएकाले हामिले कुनै शुल्क नलिई प्राविधिक शिक्षा अध्ययन गर्ने मन गर्ने विद्यार्थीका लागि परामर्स समेत उपलब्ध गराउदै आएका छौ। शिक्षालय संचालनको लागि  आर्थिक पक्ष सवल बनाउन विभिन्न निकाय संग समेत अनुरोध गर्ने गरेका छौ, विद्यार्थीवाट संकलित फि, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, CTEVT र कनकाई नगरपालिका वाट ससर्त शिर्षकमा सहयोग प्राप्त हुन्छ। आ.व. 2079/80 मा कनकाई नगरपालिका वाट जम्मा १५ लाख प्राप्त भएको थियो। प्रयोगशालहरु निर्माण गर्न अध्याधिक महङ्गो छ। केही वर्ष भित्रमै सवै ल्याव स्थापना गर्ने प्रयासमा छौ। बिभिन्न निकायमा इन्टनसिप गराउने, कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षा संचान गर्ने तथा पर्याप्त प्रयोगात्मक कक्षा संचालन हुने भएकोले अहिले हाम्रो शिक्षालय सवै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ, कोअर्डिनेटर मिश्र बताउनुहुन्छ।

यसै वर्ष अव प्रकासन हुनै लागेको SSE को नतिजालाई समेत मध्यनजर गरी निशुल्क इन्ट्रान्स कक्षा संचालन गर्न गईरहेका छौ।हामीसंग इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले हाम्रै शिक्षालयमा पढ्नुपर्ने भन्ने छैन। अन्यत्र गएर समेत पढ्न सक्छन । गत वर्ष समेत केही विद्यार्थी इन्ट्रान्स तयारी हामीसंग गरेर काठमाण्डौ गएर पढेका थिए। इन्छुक इन्जिनियरिङ स्वास्थ्य तथा विज्ञान संकाय पढ्न मन गर्ने विद्यार्थीहरुले यो मौकाको फाईदा उठाउन सक्नेछ।

सम्वन्धित

अन्य समाचार