१५ माघ २०८०
चन्द्र बस्ने/ कनकाई
,हिजाे आइतवार विहानवाट २५ दिनकाे नवजात शिशु साथ बेपत्ता भएकी एक सुत्केरी महिलाकाे शव ताप्लेजुङकाे फुलवारी स्थित तमाेर नदी किनार (माटेमा )आज फेला परेकाे छ छ।
यता नवजात शिशु अझै सम्म बेपत्ता नै रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्वुका अनुसार पाँचथरकाे याङ्वरक गाँउपालिका ६ नागीकी यमुना भुर्तेल चापागाई नानीलाई खाेप लगाएर आउछु भन्दै आइतबार नजिकै परेवा डाँडामा रहेकाे खाेप केन्द्र तर्फ घरवाट अटाेमा चढेर गएकी जानुभएको थियोे । धेरै समय पर्खदा पनि उहाँ घर नफर्किए पछि उनकाे खाेजी कार्य सुरु गरिएकाे थियाे ।
आठराई त्रीबेणि गाउपालिका २ फुलबारी चाेकपुरमा माईतिघर भएकी यमुनाकाे माेवाइल र झाेला भने माइती घर जाने वाटाेमै रहेकाे तमाेर नदीकाे मित्ला पुलमा भेटिएकाे थियाे ।
खाेजीका क्रममा तमाेर नदीमा भेटिएकाे सुत्केरी आमाकाेे शवलाई डाेरीकाे सहायताले तानेर बाहिर निकाले पनि नवजात छाेराकाे अवस्था भने अझै सम्म पत्ता लाग्न नसकेकाे प्रहरीको भनाई छ।
सवलाई अहिले पोस्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा रहेकोे ताप्लेजुङ प्रहरी प्रवक्ता श्यामकुमार लुग्ङेलीले जानकारी दिनुभयो ।
२५ दिनकी सुत्केरी महिला याे अवस्थामा फेला पर्नु र नवजात शिशु बेपत्ता हुनुकाे कारण वारे अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रवक्ता
लुग्ङेलीले बताउनुभयो ।