१५ जेठ २०८१
चन्द्र बस्नेत
कनकाई
झापाको कनकाई नगरपालिकामा शव वाहन आउने भएको छ। रोटरी क्लब अफ कनकाई सुरुङ्गाको समन्वय तथा अन्तरास्ट्रिय झापाली समाज अमेरिका र कनकाई नगरपालिकाको साझेदारीमा कनकाईमा शव वहान आउने निश्चित भएको रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।
कनकाई नगरको पचास प्रतिशत र अन्तरास्ट्रिय झापाली समाज अमेरिकाको पचास प्रतिशत रकमको लगानीमा शव वहान ल्याउन लागिएको बताएको छ।
आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकैबीच झापाली समाज युएसएले कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , कर्मचारी विजय पाठक लगायतलाई शव वहानको चाबी हस्तान्तरण गरिएको थियोे । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी शव वहान खरिदका लागि रकम पठाइएको थियो । शव वहानको चाबी हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेल, संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती , पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल , सुसिलकुमार श्रेष्ठ , सहकारीकर्मी महेन्द्रकुमार गिरी, भवानी दङ्गाल
झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारी, झापाली समाज युएसएका संस्थापक अध्यक्ष मुकुन्द ढुंगाना लगायतले कनकाई नगर प्रमुख पोखरेल,कर्मचारी विजय पाठक लगायतलाई शव वहानको चाबी हस्तान्तरण गर्नुभएको थियोे ।
यता शव वहानको चाबी ग्रहण गर्दै नगरप्रमुख पोखरेलले
रोटरी क्लब अफ कनकाई सुरुङ्गाको समन्वयमा अन्तरास्ट्रिय झापाली समाज अमेरिकाबाट प्राप्त शव वहानले नगरबासीमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रक्रिया पूरा गरि शव वहान आउन एक डेड महिना लागेपनि त्यसपछि शव वहान आएसंगै नगरका सबै ठाउँबाट शव लानमा सहयोग गर्नुका साथै खाली भएको समयमा माग भएअनुसार छिमेकी पालिकामा समेत सेवा दिने बताउनुभयो । नगर प्रमुख पोखरेलले कनकाईमा सुविधा सम्पन्न नगर अस्पताल , सुबिधा सम्पन्न एम्बुलेन्स अब शव वहानको व्यवस्था भएकाले अवको आवश्यकता दमकल भएकाले अब छिट्टै दमकलको पनि व्यवस्था गर्ने विश्वास दिलाउनुभयो।
सुरुङ्गामा स्थापना भएको छोटो अवधिमा नै स्वदेश तथा विदेशमा नै नाम कमाउन सफल रोटरी क्लब अफ कनकाई सुरुङ्गाले कनकाई सहित छिमेकी पालिकामा समेत विभिन्न सहयोका कार्यक्रमहरुलाई तिव्रता दिदैआएको छ।
रोटरी क्लब अफ कनकाई सुरुङ्गाले हरेक पर्व तथा उत्सव मनाउदै आएको पुर्व अध्यक्षहरु कुमारमणि पोखरेलले स्पष्ट पार्नुभयो । केहीदिन अघि मात्रै स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ कनकाई सुरुङ्गाले आयोजना गरिएको कनकाई साहित्य महोत्सवको स्वदेश तथा विदेशमा नै चर्चा कमाएको थियो । संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, शैक्षिक सामाग्री हस्तान्तरण ,वृक्षा रोपण , ड्स्विन वितरण , सरसफाइ अभियान लगायत दर्जनौं कार्यहरू गर्दै आएको छ।
यसैबीच ,
अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीलाई एकसाथ छात्रवृत्ति प्रदान गरिएको छ । बिर्तामोडमा समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान हो ।
प्रति विद्यार्थी १५ हजार रुपैयाले ११ लाख ८५ हजार आज वितरण गरिएको छ भने पछि थप जनही ६ हजार सहित चार लाख ७४ हजार पछि वितरण गर्ने जनाईएको छ ।
जिल्लाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकको अपस्थितिमा जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो ।
झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।
सोही कार्यक्रममा झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि पाँच लाख रुपैयाँको चेक समेत हस्तान्तरण गर्नुभएको थियोे ।