कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आउनुभएको छ। सामान्य प्रशासन मन्त्रालयबाट श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो । श्रेष्ठले आजदेखि नगरपालिकामा कार्यभारसमेत सम्हालिसक्नुभएको छ।
श्रेष्ठ राज्य पुनरसंरचनापछि बनेको कनकाई नगरपालिकाको सातौं प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सूचना विभागमा कार्यरत उहाँ उपसचिवमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा जानु भएको थियो । २४ वर्ष राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गरिसक्नुभएका श्रेष्ठ पहिलोपटक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो।श्रेष्ठ इलामको सूर्योदय नगरपालिका –१० का स्थायी बासिन्दा हुनुहुन्छ ।
कनकाईमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सम्हाले कार्यभार ।।।।।
Share

सम्वन्धित