झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-७ स्थितमा कनकाई सिचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको हो ।
शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत फेला परेको थियो । स्थानीयले घटनाबारे जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए ।
कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।