Monday, December 2, 2024

कनकाई झापामा समता र पहुच अभिमुखिकरण कार्यक्रम सम्पन्न

Share

कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कनकाई नगरपालिका वडा नं. २ स्थित सुकेडाँगीमा  समता र पहुँच कार्यक्रम सम्पन्न भएको छ । बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत समुदायको पिछडिएको क्षेत्रमा रहेका तथा स्वास्थ्यको सेवा वाट बञ्चित रहेका व्यक्तिहरुलाई स्वास्थ्य सेवाको क्षेत्रमा ल्याउने प्रयोजनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वडा नं. २ का महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,स्वयंसेबिकाहरुको आमा समुह,महिला समुह लगायत गरी ६५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम कनकाई नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण कनकाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले गर्नुभएको थियो ।कनकाई नगरपालिका स्वास्थ्य शाखाका प्रमुख खगेन्द्रप्रसाद दंगालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तब्य आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईन्चार्ज रीता कट्टेलले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै कनकाई नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बलराम राईले यस कार्यक्रमले उक्त वडामा रहेका पिछडिएका तथा स्वास्थ्यको सेवा वाट बञ्चित रहेका व्यक्तिहरुलाई स्वास्थ्य सेवाको क्षेत्रमा ल्याउन वडाले आफ्नो क्षेत्रवाट सक्दो पहल गर्ने प्रतिवद्घता राख्नुभयो ।नगरपालिका अन्र्तगका पिछडिएको क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम कनकाई नगरपालिका वडा नं. ५ मा जेठ २१ गते र वडा नं. ९ मा जेठ २४ गते सञ्चालन हुने कुरा कनकाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले बताउनुभयो ।

सम्वन्धित

अन्य समाचार