Friday, October 18, 2024

कचनकवलबाट मोटरसाइकल चोरी गर्ने एक युवक कनकाईमा पक्राउ

Share

झापा । झापाको कचनकवलबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित मोरङ जिल्ला उर्लाबारी नगरपालिका-५ का ३० वर्षीय दीपक मर्डी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यही चैत २८ गते कचनकवल गाउँपालिका-१ घेरावारिका ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी गरेर मर्डी फरार भएका थिए । उनलाई प्रहरीले आइतबार दिउँसो कनकाई नगरपालिका २ स्थित सेल्फी डाँडाबाट पक्राउ गरेको हो ।  मोटरसाइकलसहित पक्राउ परेका मर्डीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्वन्धित

अन्य समाचार