Saturday, November 9, 2024

सर्पले किन काँचुली फेर्छ

Share

सर्प देख्दा सबैलाई डर लाग्छ । सर्प देख्दा डर लाग्नु स्वभाविक पनि हो । कतिपय सर्पहरु यति विषालु हुन्छन् कि टोकेपछि तत्काल उपचार नपाए मानिसको ज्यानै जान्छ ।

नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेको समाचारहरू पनि हामी सुन्दै- देख्दै आइरहेका छौँ । सर्पले काँचुली फेर्ने गरेको पनि हामीलाई थाहा छ । आज हामी सर्पले किन काँचुली फेर्छ भन्ने विषयमा चर्चा गर्छौँ ।

यसबारे धेरैलाई थाहा नहुन सक्छ ।जसरी मानिस कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्ने गर्छ । सर्पले आफ्नो छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म काँचुली फेर्ने गर्छ । काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण भएमा पनि निको हुने गर्छ ।

जसरी पुरानो मृत छाला को ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ । काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ ।

यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ ।

यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ । यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ ।तस्विर : रासस

सम्वन्धित

अन्य समाचार