Saturday, January 18, 2025

ईद उल–फित्रको अवसरमा भोलि सार्वजनिक बिदा,रमदान व्रत आज पूरा हुँदै

Share


२८ चैत २०८०
कनकाई।
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । ईद उल–फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा पनि दिएको छ।
केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् ।

यसैबीच मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’ को चहलपहल शुरु भएको छ । रमदानभरि रोजा अर्थात् व्रत, उपवास बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद उल–फित्र अर्थात् ईदको तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो ।

सम्वन्धित

अन्य समाचार