Thursday, April 17, 2025

कोशी प्रदेशका माओवादी मन्त्रीद्धारा राजीनामा,मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीको ‘राजनीतिक दाबी’ पेश

Share

२६ चैत २०८० कनकाई

कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाएका छन् ।सोमबार आज सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।यसैबीच ,केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पेश गरेका छन् ।सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका हुन् । दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।प्रदेश सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको माओवादी र एमालेले सोमबार नै वैकल्पिक सरकारका लागि दाबी पेश गरेका हुन् ।संविधानको धारा १६८ को ५ अनुसार गठन भएको सरकार अल्पमतमा परेकाले अर्को सरकार गठनको सहजताका लागि प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो।

सम्वन्धित

अन्य समाचार