११ चैत २०८
कनकाई
आज होलि अर्थात फागु पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।
यसैबीच
कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ । होलि पर्वको अवसरमा सन्चारकर्मीको प्रश्नको जवाफ दिदै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताउनुभयो । उहाँले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कनकाई नगर प्रमुख पोखरेलले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन पनि आग्रह गरेको छ ।
यस्तै
नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गर्नुभयो ।उहाँले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्नुभयो ।। चैत ११ गते आज पहाडी जिल्लामा र चैत १२ गते भोलि तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।