Friday, October 18, 2024

मोरङमा सशस्त्रका डिएसपी झु*न्डिएको अवस्थामा मृ*त फेला

Share

मोरुङ – मोरङको धनपालथान गाउँपालिकामा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्याल मृत अवस्थामा फेलामा परेका छन्।सोमबार दिउँसो गाउँपालिकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागमा झुन्डिएको अवस्थामा फेलापरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुमन तिमिल्सेनाले जानकारी दिए।पाल्पाको तानसेन–१ घर भएका ४१ वर्षीय बस्याल विगत साढे पाँच महिनाबाट कार्यरत रहेका थिए। प्रहरीका अनुसार बस्यालले गुल्मको भान्सा कोठाको पंखामा प्लाष्टिकको डोरीले पासो लगाएका थिए।घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान सुरू गरेको छ। बस्यालको परिवार हाल पोखरामा बस्दै आएको छ। प्रहरीका अनुसार हालसम्म शव घटनास्थलमै राखिएको छ।

सम्वन्धित

अन्य समाचार