साझा न्यूज- गुल्मीको मुसिकोट नगरपालिका- ८ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।
बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस अलबिदा लेखेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शुक्रबार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन् ।
![](https://sajhanewss.com/wp-content/uploads/2023/08/1000097200-1024x387.jpg)