Saturday, January 18, 2025

बिर्तामोड नगर अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरी सफल

Share

बिर्तामोड । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा। सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिए ।

प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको बताए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको जानकारी दिए ।

आधारभूतदेखि शल्यक्रियासम्मका सेवा दिदै आएको नगर अस्पतालमा सेवा प्रवाहमा कुनै कञ्जुस्याई नगरेको उनको दावी छ । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताइन् । उनले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताएकी हुन् । विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उनको भनाई थियो ।

आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको बताइन् । विभिन्न चुनौतिका बाबजुत पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उनको भनाई छ । पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरुलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राखेकी छन् । उनले अस्पतालको सेवा प्रवाहमा आवश्यक सूझाव समेत दिन आग्रह गरेकी छन् । नगर अस्पतालमा कार्यरत डाक्टर, सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदैं नगर प्रमुख प्रसाईले आगामी दिनमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सूझाव दिएकी छन् ।

प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्य लगायतले उपचार सेवालाई थप प्रभावकारी बनाइने बताए । उनीहरुले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिने बताएका छन् ।

सम्वन्धित

अन्य समाचार