Friday, October 18, 2024

कनकाई माविमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले बिहीबार र शुक्रबार निशुल्क आँखा तथा दन्त शिवीर गर्ने

Share


१६ फागुन २०८० कनकाई

कनकाई माध्यमिक विद्यालयका करिब २हजार ५ सय विद्यार्थी र सय वढी शिक्षकको एकसाथ दन्त तथा आँखाको स्वास्थ्य जाँच र उपचार र औषधि वितरण गरिने भएको छ

। झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँबा लिम्बुले आफ्नो पहलकदमीमा यस विद्यालयका सबै शिक्षक समेतलाई लक्षित गरेर यसप्रकारको कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको हो ।

स्थानीय शहिद डिल्ली गौतम फाउण्डेशन र संकल्प प्रतिष्ठानको आयोजना कान्तिपुर डेन्टल कलेज तथा टिचिङ्ग अस्पतालको प्राविधिक सहयोगमा भोली, बिहिबार र पर्सी शुक्रवार कनकाई माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई यसप्रकारको स्वास्थ्य शिविरको आयोजना पहिलो पटक राखिएको हो ।


राजधानी बाहिर यसरी ठुलो सङ्ख्याका विद्यार्थीहरुका लागि राखिएको स्वास्थ्य जाँचको र शिविरको तयारीको वारेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै यस क्षेत्रका संघिय सांसद एलपीसाँबा लिम्बुले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई दाँत र आँखाका कारण अध्यानमा समस्या भएको र पछि समेत ठुलो समस्या नहोस भनेर यसप्रकारको कार्यक्रम राखिएको बताउँनुभयो ।

अध्यान र स्वास्थ्य एकअर्कामा सम्बन्धित हुने भन्दै आफुले अनुरोध गरेर काठमाण्डौको दुई दर्जन चिकित्सकको टिम सुरुङ्गामा ल्याएको साँसद साँबाको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठले नेपालमा विद्यार्थी बर्गमा आँखा र दाँतको समस्या ठुलो मात्रमा देखिएकोले आफ्नो कलेजले कम्तीमा काठमाण्डौ क्षेत्रमा मात्रै १ लाख विद्यार्थीको दाँत र आँखाको जाँच गर्ने कलेजको योजना रहेको भन्दै माननीय एलपी साँबाले समेत सेवा लिदै आउनुभएको यस कलेजको सेवा आफ्नो क्षेत्रमा समेत लैजान अन्ुरोध गरेपछि अस्पतालको सिंगो टिम सुरुङ्गामा आएको बताउँनुभयो । आफुले सबै विद्यार्थी र सम्भव भएसग शिक्षकहरुलाई समेत आँखा र दाँत जोगाउने सचेतना कक्षा र समस्या देखिएका विद्याथीैहरुको निदान र औषधि चश्मा वितरण सम्मको कार्यक्रम राखिएको डाक्टर श्रेष्ठले बताउँनुभयो ।


पत्रकार सम्मेलनमा आँखा रोग विशेषज्ञ डाक्टर आरती थापा, कनकाई माध्यमिक विद्यालयका अध्यक्ष चन्द्र प्रसाई, आयोजक डिल्ली गौतम फाउण्डेशनका अध्यक्ष रविन्द्र लम्साल लगायातले आआफ्नो धारणा राख्नुभएको कार्यक्रमको सञ्चालन आयोजक डिल्ली गौतम फाउण्डेशनका सचिव विनोद रानामगरले गर्नुभएको थियो ।

सम्वन्धित

अन्य समाचार