९ फागुन २०८० कनकाई
पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको उपचारकै क्रममा ज्यान गएको छ।
२८ वर्षीय रम्तेलको अहिले बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा विकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।
रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
पाँच वर्षीय वर्षाको सोही दिन राति निधन भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।