Friday, October 18, 2024

पवित्रा हाङ्मा कपको उपाधिका लागि आज कनकाई र मानेभञ्ज्याङ एफसी दार्जिलिङ भिड्दै

Share


कनकाई, २ फागुन । इलामको माङ्सेबुङमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार आज झापाको कनकाई र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच प्रतिस्पर्धा हुने भएको छ।

इलामको माङ्सेबुङमा जारी प्रस्तावित आत्मानन्द रंगशालामा चौधौं संस्करणको पवित्रा हाङ्मा कप महिला गोल्डकप फुटबल प्रतियोगितामा झापाको कनकाईले दिपेन्द्रसिंह इलामलाई १–०गोल अन्त्तरले पराजित गर्दै कनकाई नगरपालिका फाइनलमा प्रवेश गरेको हो भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले भने आयोजक माङ्सेबुङ फुटबल क्लबलाई २–१ गोल अन्त्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । सर्वोत्कृष्ट तथा विधागत खेलाडीलाई समेत पुरस्कारको व्यवस्थापन गरिएको आयोजक समितिले जनाएको छ।

किराँत धर्मगुरु पवित्र हाङ्मा लिङ्गदेनको ६८ औं जन्मउत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटान गरी आठ महिला फुटबल टिमको सहभागिता रहेको जनाएको छ।

सम्वन्धित

अन्य समाचार