Wednesday, February 5, 2025

शिवसताक्षीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड हुँदै

Share

जिल्लाको शिवसताक्षी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

स्थानीय तहस्तरीय यो प्रतियोगिता शिवसताक्षी–७ स्थित भगवती माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० पाँचौ संशोधन २०८० अनुसार शिवसताक्षीमा स्थानीयस्तरमा हुने प्रतियोगिता सञ्चालन र व्यवस्थापन समितिको संयोजकमा नगर प्रमुख श्री मेगाहाङ्ग थोप्रा रहेका छन् भने प्रतियोगिता सञ्चालन हुने भगवति माविका प्रधानाध्यापक रमेशकुमार दहाल सदस्य सचिव छन् ।

खेलको औपचारिक उद्घाटन सांसद एलपी साँवाको प्रमुख आतिथ्य र नगर प्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा भएको छ ।

सम्वन्धित

अन्य समाचार