Friday, October 11, 2024

ऋतिक रोशनको ‘फाइटर’को पहिलो दिनको कमाइ २५ करोड

Share

मुम्बई, १२ माघ । ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ ।

फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो । यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन् ।

तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छन् ।

तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म ‘वार’ र ‘ब्याङ ब्याङ’को तुलनामा ‘फाइटर’को ओपनिङ सानो मानिएको छ ।

किनभने, ‘वार’ले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने ‘ब्याङ ब्याङ’ले पहिलो दिन २७ करोड कमाएको थियो ।

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।

सम्वन्धित

अन्य समाचार