Friday, October 18, 2024

राधिका फाउण्डेशनबाट न्यानो कपडा वितरण

Share

कनकाई/ •राम निराैला

राधिका फाउण्डेशनले अलग—अलग तीनवटा स्थानमा एकै दिन न्यानो कपडा वितरण गरेको छ ।
फाउण्डेशनकी संस्थापक अध्यक्ष भागवत मन्जरी राधिका दासी, वरिष्ठ उपाध्यक्ष अन्जु आचार्य, कोषाध्यक्ष शान्ता कार्की, सदस्य जविन तिम्सिना सहितको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो ।

“राधिका फाउण्डेशन असाहाय, सहाराबिहिन र विपन्न वर्गको सहारा हो” भन्ने महान अभियानका साथ फाउण्डेशनले न्यानो कपडा वितरण सहित आवश्यक्ता अनुसारको सहयोग गर्दै आएको बताइएको छ ।

न्यानो कपडा वितरण गर्ने क्रममा कनकाईको वडा नं. ९ स्थित घैलाडुवा बजारमा सम्बन्धित वडाका वडाअध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा २५ जना विपन्न परिवारलाई न्यानो कपडा ब्ल्याङकेट वितरण गरिएको फाउण्डेशनका सदस्य जविन तिम्निाले जानकारी दिए ।

त्यस्तै फाउण्डेशनले विपन्न परिवारका १७ जनालाई जनही १÷१ हजार नगद प्रदान गरेको बताइएको छ । स्थानीय गोविन्द उप्रेतीले संचालन गरेको कार्यक्रममा घैलाडुवा बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोविन्द श्रेष्ठले स्वागत गरेका थिए ।

फाउण्डेशनले कनकाई—६ स्थित चम्पापुर माविका ५० जना विद्यार्थीलाई सुइटर वितरण गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सीता बस्नेतको  सभापतित्व रहेको कार्यक्रममा  वडा नं.६ का पुर्व वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, फाउण्डेशनका सदस्य जविन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखे । फाउण्डेशनका तर्फबाट विपन्न विद्यार्थीकालागी  नगद रु.५हजार १ सय सहयोग रकम विद्यालयलाई उपलव्ध गराएको बताइएको छ । 

त्यस्तै फाउण्डेशनले कनकाई— ४ स्थित सिंहदेवी माविका ५०जना विद्यार्थीलाई समेत सुइटर वितरण गरेको छ । विद्यालयका विपन्न विद्यार्थीको सहयोगका लागी ५ हजार १ सय नगद समेत उपलव्ध गराएको बताइएको छ ।

कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक प्रतिनिधि, पूर्व प्रअ डम्बर फुयाल लगायतले मन्तव्य राखेका थिए ।

फाउण्डेशनकी संस्थापक अध्यक्ष राधिका दासीले आगामी दिनमा समेत विद्यालयमा आवश्यक्ता अनुसार सहयोग गर्दै जाने बताएकी छन् ।

फाउण्डेशनले कनकाईको वडा नं.६, मन्सापुरस्थित पाथिभरा मार्गमा आफ्नो कार्यालय स्थापना गरेर सेवाका कार्यहरु संचालन गरिरहेको संस्थाका सदस्य जविन तिम्सिनाले जानकारी दिए ।

सम्वन्धित

अन्य समाचार