कनकाई/ •चन्द्र बस्नेत १३ पुस २०८०
झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक बिद्यालयले आफ्नो २९औं वर्षगाठको अवसर पारेर सप्ताह व्यापी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कनकाई ३ स्थित कनकाई मा.वि. को खेल मैदानमा आयोजित कार्यक्रममा दर्जनबढी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कृतिमानी धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यता रहेकोे थियो ।कार्यक्रममा प्रमुख अतिथि मानन्धरले स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेल नै आजको आवश्यक भएकाले खेलको माध्यमबाट आफ्नो जीवन स्वस्थ राख्न सुझाव दिनुभएको थियोे ।प्रमुख अतिथि मानन्धरले सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक बिद्यालयले गरेको खेलकुद तथा अन्य क्रियाकलापको खुलेर प्रसंशा गर्नुभएको थियोे ।
कार्यक्रममा झापा जिल्लाबाट नै पहिलो पटक फिफा रेफ्री बन्न सफल श्याम दनुवारलाई बिद्यालयको तर्फबाट सम्मान गरिएको थियोे ।

कार्यक्रममा जिल्ला खेलकुद समिति झापाका अध्यक्ष प्रसान्त भण्डारी , कनकाई नगर खेलकुद समिती अध्यक्ष जविन तिमल्सिना , कनकाई खेलकुद प्रतिस्ठान अध्यक्ष छवि थपलिया , कनकाई नगर प्यावसन अध्यक्ष विनोद सुब्बा , सचीव मोहन थापा , विद्यालय अविभाक संघका अध्यक्ष लिलाप्रसाद चिमरिया, सम्मानित व्यक्ति दनुवार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा लाइन्सक्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल , रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेल , कनकाई क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेती लगायतको उपस्तिथि रहेकोे थियोे ।

विद्यालयका प्रिन्सिपल रोशन खत्रीले स्वागत गरेको कार्यक्रमको सभाअध्यक्ष
विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले औचित्य माथी प्रकाश पार्नुभएको थियोे ।विध्यार्थी र अविभावकको समेत दर्जन बढी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको कार्यक्रम सन्चालक समेत गर्नुभएका शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो ।
यसैबीच२९ बर्ष अघि स्थापना भएको हरिकुल नमूना माध्यमिक बिद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको छ ।

अविभावक तथा विद्यार्थीले रोजे र खोजेको जस्तै गुणस्तरीय शिक्षा बिद्यालयले दिने भएकाले उक्त बिद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको हो । विद्यालयमा अहिले सञ्चालक समिति परिवर्तन भएसगै विद्यालयको मुहारनै फेरिएको छ। नर्सरीबाट हाल प्लस टु सम्म बिद्यालयमा पढाई हुने गरेको छ ।

विद्यालयमा बिहान , दिउसो र बेलुका गरि छुट्टाछुट्टै कक्षा सञ्चालन ,न्युनतम शुल्कमा, डेराभाडा नलाग्ने, आफ्नै घरमा खाएर बसेर बिद्यालयमा शान्त वातावरणमा सर्वसुलभ यातायात ,गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि बिद्यार्थी तथा अविभावकहरुको आकर्षण बढेको पाईएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।
लामो समय विदेशको शिक्षण सिकाइ अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै शिक्षासेवि प्रबन्ध निर्देशक थापाले बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको जानकारी दिनुभयो ।

विद्यालयमा अनुभवी शिक्षक एक विध्यार्थी एक कुर्सी ,३ बिध्यार्थी एक टेवल , सुन्दर शान्त व्यवस्थित विद्यालय भवन, छात्र – छात्रा तथा शिक्षकहरुको छुट्टाछुट्टै र सफा सौचालय , खाने पानी , खोजे अनि रोजे जस्तै क्यान्टिनको व्यवस्था , औसधि सहितको स्वास्थ्य कर्मी , होस्टल तथा डे बोड्स्को व्यवस्था , पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि अब्बल भएकै कारण पनि हरिकुलनै रोजेको कनकाई १ का अविभावक सुमन भण्डारीको भनाई छ ।
२०५१ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका व्यवस्थापक राजु थापाले बताउनुभयो ।

विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ । अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका सञ्चालक साजन थापाले बताउनुभयो ।

विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो । विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।