Friday, October 18, 2024

पत्रकार महेन्द्र पाण्डेयको निधन

Share

पत्रकार महेन्द्र पाण्डेयको निधन भएको छ। बिहीबार साँझ ह्यात होटलमा आयोजित एक विवाह भोजमा सरिक भएका पाण्डेयले खाना खाएपछि वान्ता गरेका थिए।

केही समयपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारले जनाएको छ। गुल्मीको भेडुवा घर भएका पाण्डेयको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।ह

र्टअट्याकको आशंका गरिए पनि पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले जानकारी दिए। रिपोर्ट नेपाल नामक अनलाइनका सम्पादक रहेका पाण्डेय लामो समय घटना र विचार साप्ताहिकमा काम गरेका थिए। पत्रकार पाण्डेयका आमा, श्रीमती र दुई छोरी छन्।

सम्वन्धित

अन्य समाचार