राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी झापाको दोस्रो अधिवेशनले यहाँस्थित प्रविन मैनालीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
काठमाडौँको पुरानो बानेश्वर भएको अधिवेशनले मैनालीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनिस पाठक, सचिवमा चन्द्रमणि अधिकारी र उषा न्यौपाने र कोषाध्यक्षमा खेम बास्तोला लगायात २५ सदस्यीय कमिटी रहेको छ ।
युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा युवा संघका सचिवालय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुख मिलन कट्टेल, अन्तर जिल्ला इन्चार्ज डिल्ली लिङ्देन, अन्तर जिल्ला अध्यक्ष सुजन घिमिरे लगायातको आतिथ्यता रहेको थियो ।