Friday, October 18, 2024

नेपालबाट बाहिरिने आजियाटाको निर्णय , एनसेल बिक्रीमा

Share

काठमाडौें । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको ‘एनसेल’ बिक्रीमा राख्नेसमेत निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले प्रतिक्रिया दिएका छन् ।

“नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,” आजियाटाले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।”

यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीको विश्वास छ । विज्ञप्तिमा अगाडि भनिएको छ, “यो निर्णय हाम्रा सबै शेयरहोल्डरको दीर्घकालीन हितमा छ ।”

सम्वन्धित

अन्य समाचार