नेपाल मुस्लिम संघ झापाको आयोजनामा बधाई, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

झापाको डिल्लीराज माविमा सोमबार आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय अध्यक्ष अताबुल मन्सुरी, केन्द्रीय उपाध्यक्ष सर्फराज शेख, केन्द्रीय सचिव अब्जल हुसेन गुल्जार, केन्द्रीय सदस्यहरू अमिन अलि शेख, शाहिद हुसेन, सेलेतुन खातुन, सहवाज हकलाई बधाईसहित सम्मान गरिएको थियो ।

सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टी संगठन निर्माणमा मुस्लिमहरूको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।

नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष अताबुल मन्सुरी, कोशी प्रदेश सांसद लख्खी गणेश, जलाल अलि, मोहम्मद ताहिर, कलाम शेख लगायतले शुभकामना मन्तव्य राखेका थिए । एजाज अहमद अन्सारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उजाल अलिले गरेका थिए ।