संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै आईतवारदेखि कनकाई नगरपालिकाका कर्मचारीहरुपनि आन्दोलित बनेका छन। संघिय सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि अधिकांश स्थानीय तहका कर्मचारीहरुले नियमित काम रोकेका सगै कनकाईमा समेत यसको प्रभाव परेको हो।

देशभरका स्थानीय तह र वडा कार्यालयहरुमा कामकाज रोकिएको विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । यसै सिसलसिलाम आज बिहान कनकाई नगरपालिकामा समेत स्थानीय तह कर्मचारी संघर्स समित निमार्ण भएको थियो। नगरपालिकाका शाखा अधिकृत श्री हरिप्रसाद मिश्रको अध्यक्षतामा भएकोले भेलाले १३ सदस्य संघर्स समिति निर्माण गरेको थियो।संघर्स समितिको संयोजकमा अधिकृत स्तर सातौ श्री जमुना कटुवाल, सह संयोजकमा वडा न ८ का वडा सचिव इन्द्र बजगाई, सचिवमा सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र सहसचिवमा प्राविधिक आशिस घिमिरे कोषाध्यक्षमा लेखा कर्मचारी लक्ष्मीप्रसाद अधिकारी तथा सदस्यहरुमा खगेन्द्र दंगाल, टीकामाया खतिवडा, कमला विश्वकर्मा, संगिता पौडेल, उमानाथ ढकाल, कृष्णप्रसाद भट्टराई याम अधिकारी, चुरबहादुर पुरी, हरि खतिवडा लगायत रहेका छन।

संघर्स समितले प्रेस विज्ञाप्ति सहित आफ्ना मागहरु प्रमुख प्रसासकीय अधिकृत श्री लक्ष्मीप्रसाद खरेल र नगरप्रमुख श्री राजेन्द्र कुमार पोखरेल समक्ष समेत बुझाएका छन।

प्रेश विज्ञाप्ति बुझ्दै प्रमुख प्रसासकीय अधिकृत खरेलले कतिपय अस्पस्ट भएका र जायज मागहरु सरकारले सम्बोधन गर्नुपर्ने अबस्था रहेको बताउनु भयो।

त्यस्तै नगरप्रमुख पोखरेलले समेत स्थानिय तहका कर्मचारीहरुका जायज मागहरुको सम्बोधन हुने विषयमा सम्बन्धित निकाय समक्ष ध्यानआकर्षण गराउने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो।

आन्दोलनलाई थप सहयोग पुर्याउन केही कर्मचारीहरु काठमाडौ पठाउने समेत छलफल भईरहेको कुरा संघर्ष समितिका कोषध्यक्षा लक्ष्मीप्रसाद अधिकारीले बताउनु भयो।