Thursday, April 17, 2025

भद्रपुरबाट हराएकी बालिका निर्जला मृत फेला

Share

झापा : भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ।

भद्रपुर नगरपालिका-९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय वीरेन्द्र न्यौपानेले जानकारी दिए। उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो।

घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन। मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन। मन्दिर बाहिर खेल्दा खेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन।

बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए। बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो। घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो।

बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडिको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको न्यौपानेले बताए। ‘मन्दिर अगाडिको नालामा बालिका डुबेको र पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको देखिन्छ,’ उनले भने।

बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ।

सम्वन्धित

अन्य समाचार