‘नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण’ यतिखेर सर्वत्र चर्चाको विषय बनेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत तेस्रो देशमा पुनर्वासमा पठाउने प्रकरणमा संलग्न भएको आरोपमा देशका उच्चपदस्थ राजनीतिज्ञ र प्रशासक पक्राउ परिरहेका छन् ।
नेपालको नागरिकलाई जिम्मेवार नेताले विदेशी नागरिक बनाउने भनेको राष्ट्रिय लज्जाको विषय हो । यसले नेपालको राजनीतिको विश्वसनीयता, अन्तर्राष्ट्रिय विश्वसनीयता स्वाहा पार्छ । नेपाली राजनीति, राजनीतिज्ञ र नेपाली प्रकाशकहरूलाई विश्वले विश्वास नै नगर्ने खण्ड तयार पार्छ । यो जघन्य अपराध हो । साधारण खालको अपराध होइन । आफ्नो नागरिकलाई बेच्ने हदको अपराध हो, यो । नागरिकलाई नै पैसाका लागि बेच्ने कुरा हो । यसले त्यो मात्रै उजागर गरेको छैन । पैसा आउँछ भने मन्त्रालयमा रहेको कागज नै अदला-बदली गर्न सक्छन् भन्ने खालको अभिव्यक्ति पनि हो, यो ।
यो प्रकरणबाट आम नेपाली, राजनीतिज्ञ र नेपाल देशलाई हुने असर चाहिं के हो ?
यो घटना हुनु भन्दा अघि नै राजनीतिज्ञप्रति जनताको विश्वास उडेको थियो । यसले अरू ज्यादा उडाउँछ । नेपाली राजनीतिज्ञ पैसाका लागि जे पनि गर्छन् भन्ने भाष्य जो बजारमा चलिरहेको थियो त्यसलाई प्रमाणित गराउँछ । यसको अर्को सुखद पाटो पनि छ । त्यो भनेको के हो भने त्यस्ता खालका उच्चस्तरीय मान्छेहरूले यो खालको काम गर्दाखेरि यिनीहरू दण्डित पनि हुन्छन् भन्ने कुराको संकेत पनि हो, यो ।एउटा उपप्रधानमन्त्री भएको मान्छेलाई, गृहमन्त्री भएको मान्छेलाई राज्यले पक्रन सक्छ । नेपालको प्रहरी प्रशासनले पनि पत्ता लगाउनुपर्छ । लुके पनि पत्ता लगाएर कानुनी घेरामा ल्याउन सक्छ भन्ने पनि यसले देखाएको छ । यदि नेपालको राज्य प्रशासनले चाहने हो भने धेरै कमजोर छैन भन्ने पनि यसले देखाएको छ ।टोपबहादुर रायमाझी हिजोसम्म लुकेर बसेका थिए । फरार मान्छेलाई प्रहरीले समात्यो । यसले के देखायो भने राज्य प्रशासन कमजोर छैन । तर, नेपालको राजनीतिक नेतृत्व चाहिं ज्यादै धेरै लोभीपापी छ र देशको नागरिक नै बेच्ने खालको छ भन्ने कुरा पनि यसले देखाएको छ ।
यो प्रकरणमा गृहमन्त्री, सचिव नै संलग्न हुनु भनेको एक हिसाबले राज्य नै संलग्न भएर अपराध गरेको भन्ने देखियो । यसले हाम्रो राज्य दस्तावेज, हामीले बोक्ने राहदानीप्रति पनि अन्तर्राष्ट्रिय क्षेत्रको सन्देह बढाउँछ होला नि ?
यसले दुईवटा गम्भीर खालको नतिजा लिएर आउँछ । एउटा, राज्यले जारी गर्ने दस्तावेजलाई हमेशा शंकाको दृष्टिले हेर्ने समस्या पैदा हुन्छ । अर्को, जो यसअघि भुटानी शरणार्थीर् भएर तेस्रो देश गएका छन् ती पनि गल्ती पो छन् कि भनेर खोज्ने समस्या पनि पैदा हुन्छन् । यसले जो भुटानी शरणार्थी तेस्रो देश गएका छन्, उनीहरूले अनावश्यक दुःख पाउने स्थिति पैदा हुनसक्छ ।
यो घटनाले हाम्रो राजनीतिको अनुहारलाई कस्तो देखायो ?
यसले हाम्रो देशमा विधिको शासन लोप भएको र पैसाको शासन हावी भएको भन्ने देखाउँछ । पैसाले यहाँको न्याय र प्रशासन दुवै किन्न सक्छ भन्ने देखाएको छ । यो भनेको नेपालमा एक किसिमको अराजकताको स्थिति पनि हो । राज्य यदि मजबुत हुन्छ भने यस्तो खालको घटना सम्भव नै हुँदैन । राज्य त बिक्री पो हुँदोरहेछ पैसामा । राज्यका पदाधिकारीहरू एक/दुई करोडमा आफ्ना नागरिक बिक्री गर्ने हदसम्म जाँदा रहेछन् ।
यसै पनि मूलधारका, पुराना दलहरूप्रति वितृष्णा बढिरहेको समयमा यो प्रकरण बाहिर आएको छ । मुख्य दलका नेताहरू नै यसमा संलग्न भएको देखिएको छ । यो घटनाले पूरा पार्टीहरू प्रतिको मान्छेको बुझाइ कस्तो बन्छ ?
यसले नेपालको पुराना राजनीतिक दलप्रतिको वितृष्णा पनि चर्काउँछ । उनीहरू भ्रष्ट छन् भनेर यसले प्रमाणित नै पनि गर्छ । अर्को, एकथरी राजनीतिज्ञहरू बाँकी छन्, जसले यसलाई दण्डित पनि गर्छन् । यसलाई ‘ट्रयाक’मा ल्याउँछन् भन्ने पनि देखाउँछ । नेपालमा राजनीतिज्ञहरूको खडेरी नै त होइन । त्यसो हुँदो हो त यो घटना कसरी आउँथ्यो ? पक्रने, दण्डित गर्ने घटना कसरी हुन्थ्यो ? हामीले यतिखेर दुईवटै पक्षलाई हेर्न जरूरी छ । यसले राजनीतिज्ञप्रतिको वितृष्णा र अविश्वासलाई चर्को पार्छ, त्यो हो नै । साथसाथै पूरै सक्किएको स्थिति पनि होइन रहेछ । केही त बाँकी रहेछ जहाँबाट यो दण्डित हुनसक्छ । एउटा गृहमन्त्रीले हाल सालै पूर्व भएका गृहमन्त्रीलाई पक्रिने भनेको गज्जब कुरा हो नि !
अंकगणितको हिसाबले एकदम कमजोर कडीमा बनेको सरकार हो । जुन सरकारको नेतृत्वकर्ता दल छ, त्यो आफैंमा कमजोर छ । त्यस्तो सरकारले यस्तो कुरामा हात हाल्ने आँट कसरी गर्यो ?
एकथरीले माओवादी लडाकु शिविरको कुरा उठाइरहेका छन् । यसको विकल्प त्यो हो भनेजसरी उठाइरहेका छन् । त्यसलाई यतिखेर उठाउनु उचित हुँदैन । जब सिंगो राष्ट्रको नै बेइज्जत हुने खालको कुरा आइरहेको छ, यसमा केन्द्रित हौंआँट भन्ने कुरा कसरी भन्ने हुँदैन । आँट कुन प्रेरणा पाएर आयो भन्ने कुरा हुँदैन । आँटको मुहान आँटै हो । तर, अहिले नै सबै कुरा स्पष्ट भएको छैन । हामीले अहिले नै धेरै कुरा पत्ता लाग्यो भनेर भन्न हुँदैन । किनभने योभन्दा ठूला व्यक्तिहरू पनि तानिने सम्भावना छ । पूर्व प्रधानमन्त्री तानिने अवस्था छ । किनभने यो प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ । त्यहाँबाट पास भए प्रकोस्ताव छ । त्यसैले खाली गृहमन्त्री मात्रै तानिन्छ त ? तत्कालीन प्रधानमन्त्रीका श्रीमती आफैं संलग्न छन् भन्ने कुरा आएको छ । उनलाई चाहिं किन छोड्ने ?अझै पर्दाहरू खुल्न बाँकी छ । अझै योभन्दा शीर्ष मान्छेहरू पक्रिन बाँकी छ । अब सरकारले यो मुद्दा अदालतमा दायर गर्छ । अदालतले के गर्छ ? त्यसलाई हेर्न बाँकी छ । किनभने सजाय दिने त अदालतले हो । प्रहरीले मुद्दा दायरसम्म त गर्ने हो । त्यसपछिको दृश्य के हुन्छ नेपालमा ? त्यसमा चाहिं बिक्री हुन्छ कि हुँदैन नेपालको न्याय भन्ने कुरा हेर्न बाँकी नै छ ।त्यसकारण अहिले नै सबै कुरा भयो भनेर हामी ढुक्क पर्ने, आनन्दित हुने क्षण छैन । यसको योभन्दा गम्भीर पाटो बाँकी छ । त्यो हेर्न बाँकी छ । त्यहाँ पनि अब्बल ठहरियो भने बल्ल अहिले यहाँ अब्बल ठहरिएको मतलब हुन्छ । त्यसमा कमजोर देखा पर्यो भने यो अब्बलको मतलब हुँदैन ।\
यो प्रकरणलाई टुंग्याउने बिन्दुसम्म यो सरकारले दह्रो खुट्टा टेक्ला या नटेक्ला ?
टेक्नुपर्ने हो । टेक्नु शिवाय सरकारसँग अरू त विकल्प नै छैन । प्रहरीले जस्ता खालका प्रमाणहरू भेटेको जस्तो देखिन्छ त्यसलाई होइन भन्न मिल्दैन । अकाट्य खालका प्रमाणहरू भेटिएको भन्ने कुरा आइरहेको छ । त्यस्तो खालको प्रमाण भेट्दा भेट्दै पनि सरकार ‘ब्याक’ भयो भने त बाँकी रहेको अलिकति विश्वास जो छ -जुन अहिलेको घटनाले देखा परेको छ) त्यो पनि सिध्याउँछ ।त्यस कारण अहिलेको कामबाट मात्रै सबै कुरा टुंगियो भन्ने होइन । अझै पर्दाहरू खुल्न बाँकी छ । अझै केही उच्च मान्छेहरू तानिन बाँकी छ । तानिने सम्भावना देखिन्छ । त्यो तानिएन भने त्यतिकै गम्भीर प्रश्नहरू उठ्ने सम्भावना पनि बाँकी छ । त्यो जम्मै हेरिसकेपछि अनि हामी ढुक्क भएर भन्न सक्छौं, नेपाली राजनीति अब सङ्लिन थाल्यो भनेर । त्यहाँ चाहिं खुट्टा कमायो भने के गर्ने ? अदालतमा सरकार जुन ढंगबाट प्रस्तुत हुनुपर्छ, त्यहाँ खुट्टा कमायो भने के गर्ने ?नेपालको न्यायालयले अहिलेसम्मको घटनाक्रमबाट स्वच्छ छवि त बनाएको छैन । बरु दोषबाट मुक्त गर्ने घटनाहरू हामीले देखिरहेका छौं । थुप्र्रै खालका घटना घटेका छन्, जहाँ अपराधी छुटेका छन् । अहिले नै सबै कुराको टुंगो लागेको छैन । तर, यो सुरुवात जो अहिले भएको छ यो राम्रो सुरुवात भएको छ ।
यो प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि जोडिएका छन् । सत्ता गठबन्धनकै मुख्य दलका नेता पक्राउ परेका छन् । अरू केहीको पनि नाम आइरहेको छ । सरकार अगाडि बढ्दै गर्दा सत्ता सहयात्रीहरूले सरकारलाई निरन्तर सहयोग गरिराख्लान् ?
त्यो चाहिं अहिले भन्न सकिंदैन । तर जब आफ्नै श्रीमतीहरू पक्रिने कुरा हुन्छ, त्यतिखेर सत्ता सहयात्रीहरू अडिन्छन् कि अडिदैनन् ? अडियो भने प्रशंसनीय कुरा भयो । नअड्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । अहिले बालकृष्ण खाँणलाई जुन ढंगले अडिएको छ, त्यो त प्रशंसनीय हो । आफ्नै कार्यकालका गृहमन्त्री हुन् । यसमा त अडिएका छन् । तर, त्यहाँ अडिएको मान्छे श्रीमतीमा अडिएन भने नि ? त्यो सम्भावना पनि त्यतिकै छ फेरि । ५०-५० प्रतिशत सम्भावना छ ।
पुराना दल र तिनका नेताहरूको परीक्षणको समय पनि हो अहिले ?
एकदमै । उनीहरूका लागि यो अग्नि परीक्षाको घडी हो । उनीहरू खरो उत्रन्छन् कि उत्रिंदैनन् ? अहिले कांग्रेसका केही नेताहरू गृहमन्त्रीकहाँ गएर लौ तपाईं अड्नुपर्यो है भनेको पनि भेटिन्छ । त्यो राजनीतिक प्रतिशोधको मानसिकताले मात्रै भनेको हो कि स्वच्छ छविको मानसिकताले गएको हो ? त्यहाँ भ्रष्टाचार खत्तम पार्नुपर्छ भनेर गएको हो कि अर्को पक्षको सजाय हुन लाग्यो ठिक्क पार्ने बेला नै यही हो भनेर गएको ? त्यो कुरा परीक्षित हुने समय अहिले त भइसकेको छैन । त्यसकारणले अहिले संस्थापन पक्षमा जुन ढंगले घटनाक्रम घटिरहेको छ त्यो एक हिसाबले प्रशंसनीय छ । नेपाली कांग्रेस आफ्नै गृहमन्त्री पर्दा चुप लागेर बस्नु प्रशंसनीय हो ।तर, त्यो चाहिं अरू ठुल्ठूला मान्छेहरू पर्दा पनि टिक्नुपर्यो । टिक्यो भने हामी एउटा ढंगले विश्लेषण गर्न सकौंला । नत्र भने नागरिकहरूले खबरदारी गर्नुपर्ने कुरा यहींनेर हो- तिमीहरू टिक । जनताको विश्वासमा खरो उत्र । नत्र हिजो जनताको वितृष्णा चुलीमा पुगिसकेको थियो, त्योभन्दा अन्तिम विन्दुतिर जान्छ । नेपाली राजनीतिलाई कसैले पत्याउने अवस्था रहँदैन । अहिले हामीले खबरदारी गर्नुपर्ने, नागरिकहरू सडकमा उत्रिनुपर्नाको कारण नै त्यही हो ।
यदि सरकारले पनि खुट्टा टेकेन, सत्ता सहयात्री दलहरू पनि पछाडि हटे, न्यायालयले पनि राम्ररी काम गरेन भने त्यसपछिको अवस्था चाहिं के हुन्छ ?
यो त हदै भयो नि ! यसरी पैसाका लागि नागरिकतासम्म बेच्नु भनेको हद हो । योभन्दा हद के हुन्छ ? अब देशै बेच्न मात्रै बाँकी छ । नागरिकता बेच्ने प्रयत्न त गर्दा रहेछन् । नागरिक बेच्नेले देश बेच्दैन भन्न सकिंदैन । यो हद हो । हद भइसकेपछि आम जनताले के गर्छन् भन्ने कुरा नेपालमा बारम्बार देखिएकै छ ।जब-जब हद पार गरेको छ, त्यतिखेर नेपाली राजनीतिमा के भएको छ ? अघिल्ला राजनीतिज्ञहरूको कस्तो भएको छ ? राजाले कस्तो स्थिति व्यहोर्नुपर्यो ? राजाले त्यतिखेर हद पार गरेको त हो नि ! हद पार गर्दाखेरि नेपाली जनता चुप लागेको छैन । चुप लाग्नेवाला पनि देख्दिनँ । नेपाली जनतामा अहिलेसम्म एउटा जागरुकता चाहिं छ ।उनीहरूमा कमजोरी पनि छ कि यस्तै खालका भ्रष्ट मान्छेहरूलाई चुनेर पठाउँछन् । त्यो खालको कमजोरी नेपाली जनतामा नदेखिएको होइन । तर पनि खबरदारीको हकमा चाहिं दक्षिण एशियामा नेपालीमा राम्रो चेतना बारम्बार देखिएको हो । फेरि पनि देखिनेवाला छ ।
कतिपयले यो कदम चालेकोमा प्रधानमन्त्री, गृहमन्त्रीको प्रशंसा पनि गरिरहेका छन् । अहिलेको प्रधानमन्त्री र उहाँको दलको साख खिइँदै खिइँदै गएको अवस्थामा जुन कदम अहिले सरकारले चालेको छ, यसले गिर्दो साखलाई जोगाउने अथवा त्यो पुनर्स्थापित हुने अवस्था देख्नुभएको छ कि छैन ?
माओवादीको साख जुन धेरै चर्को मात्रामा गिर्दै गएको थियो । एमालेभन्दा पनि चर्को मात्रामा माओवादी भ्रष्ट भयो भन्ने कुरा आइरहेकै थियो । यसले त्यो साखलाई फर्काउनलाई केही हदसम्म मद्दत गर्ला । तर, यो साखको मुद्दा होइन । यो देशको अहं मुद्दा हो । यसमा माओवादी भए तापनि गर्नुपर्दथ्यो, कांग्रेस भए पनि गर्नुपर्दथ्यो ।यो मात्रै पर्याप्त हुँदैन । योभन्दा ठूलो माछा यदि उम्किए भने प्रश्न पनि त्यतिकै उठ्छ । त्यसकारणले यति गरें, मेरो साखका लागि पर्याप्त भयो भनेर हुँदैन । राम्रो कुराको थालनी भएको छ । राम्रोलाई राम्रो भन्नु नै बेस हुन्छ । तर, यो राम्रो थालनी मात्रै हो । अझै ठूलो यात्रा त बाँकी नै छ ।
अन्य भ्रष्टाचारका प्रकरण पनि चर्चित छन् । ती प्रकरणमा पनि सरकारले हात हालेर निष्कर्षमा पुर्याउने वा त्यो आँट गर्ने स्थिति देख्नुभएको छ ?
दलहरुले राम्रा काम गर्न थाले भने जनताले स्याबासी पनि देलान्, क्षमा पनि गर्लान् । तर, यही एउटा कारणले मात्रै नेपालको राजनीतिक पार्टीहरू क्षमायोग्य भइसकेका छैनन्अहिले हामीले यसैमा केन्द्रित गर्नु नै बेस हुन्छ । यो टुंगोमा पुगेपछि अर्कोमा जानु ठिकै हुन्छ । ती पनि छुनै पर्ने मुद्दा हुन् । तर, यतिखेर आफ्नो ‘पावर डाइभर्ट’गर्नु उचित हुँदैन । त्यसबाट ध्यान डाइभर्ट हुन्छ । आम जनताको त ध्यान अहिले यसमै गएको छ नि ! यसलाई टुंगोमा पुर्याएर बाँकी छुँदा राम्रै हुन्छ । त्यो आवश्यक पनि छ नेपालका लागि ।तर, यतिखेर एकथरीले माओवादी लडाकु शिविरको कुरा उठाइरहेका छन् । यसको विकल्प त्यो हो भनेजसरी उठाइरहेका छन् । त्यसलाई यतिखेर उठाउनु उचित हुँदैन । जब सिंगो राष्ट्रको नै बेइज्जत हुने खालको कुरा आइरहेको छ, यसमा केन्द्रित हौं । यसमा केन्द्रित भएर सफल पारौं अनि अर्कोलाई छोऊँ ।राज्यको तागत नै सीमित भइरहेको छ । त्यस्तो ठाउँमा तागत डाइभर्ट गर्ने कुराले राजनीति डाइभर्ट हुन्छ । अहिले त सबै शक्तिहरू यसमा केन्द्रित गर्नुपर्यो ।
भ्रष्टाचार नियन्त्रण गर्ने र त्यसका फाइल खोल्ने कुराहरू गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको देखिन्छ । त्यो शक्ति उदाउँदै गरेका बेलामा यही सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्दै गएमा कस्तो प्रभाव पार्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुने र नहुने कुरा भ्रष्टाचारको मुद्दामा मात्रै निर्भर हुँदैन । उसले देश र जनतासँग गाँसिएको अहं मुद्दाहरू उठाउँछ कि उठाउँदैन ? त्यसमा काम गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्छ । रास्वपाले जनताको मुद्दा, जनजीविकाका मुद्दा, राष्ट्रियताको मुद्दामा खरो उत्रिन्छ कि उत्रिंदैन भन्ने कुरामा उसको उदय भर पर्दछ । सरकारले राम्रो काम गर्दैमा रास्वपाको ‘राइज डाउन’ हुने होइन । उसले एउटा मुद्दा भेट्टाउने सम्भावना थियो, त्यो भेट्टाउँदैन । त्यति मात्रै हो । बाँकी कुरामा रास्वपाले एक से एक जनताको मुद्दा उठाउन सक्छ ।महँगीको मुद्दा, जनताले दुःख पाएको मुद्दा, हरवाचरवाको मुद्दा, मिटरब्याजीहरूको मुद्दा जस्ता अहं-अहं मुद्दा छन् । सबैभन्दा पिंधमा परेको वर्गको मान्छेका मुद्दा छन् । ती कुराहरू उसले समात्छ कि समात्दैन भन्ने कुरामा उसको उदय हुने या नहुनेमा निर्भर रहन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले जुन कदम चालेको छ त्यस्ता अन्य प्रकरणमा पनि अगाडि बढ्दै गयो भने पुराना दलहरूप्रतिको वितृष्णाको बाढी जुन छ, त्यो रोकिने वा मत्थर हुने अवस्था आउन सक्छ ?
त्यो हुन सक्छ । यदि पुराना दलहरूले विगतका गल्तीहरू सच्याएर, विगतमा गल्ती भयो भनेर जनतासँग क्षमा मागेर गल्ती सच्याउन थाले भने उनीहरूको उदय फेरि हुन सम्भव छ । क्षमाभन्दा ठूलो कुरा केही पनि छैन । क्षमा दिन सक्छ । उनीहरूले आत्मसमीक्षा गर्छन्, जनतासमक्ष क्षमायाचना गर्छन् अनि व्यवहारमा, चरित्र र सोचाइमा परिवर्तन ल्याउँछन् भने क्षमा पनि हुनसक्छ ।तर, भर्खरै सुरुवात मात्रै त भएको छ । जनताले क्षमा नै दिएका छैनन् राम्रोसँग । यति धेरै कर्तुतहरू गरेको छ कि क्षमा त दिने बेला भएको छैन । यति कुरालाई स्याबास भनेको हो । यत्ति कुरा गरेर पुग्छ त ?जनताका मुद्दा, महँगीका मुद्दा, बिचौलियाहरू, यहाँका ठेकेदारहरू यति धेरै चम्केका छन् कि एक वर्षमा बन्ने बाटो ९ वर्षमा पनि बनाएको छैन । तिनीहरूसँगै यी राजनीतिक दलका नेताहरूले साँठगाँठ गरेर बसेका छन् । कसैको घरमा गएर डेरामै बसेका छन् । यी जम्मै कुरालाई नसच्याइकन क्षमायाचना हुँदैन । नेपाली जनताले अझै पनि क्षमा दिएका छैनन् ।
प्रधानमन्त्री प्रचण्डलाई पनि जनताले क्षमा दिइसकेका छैनन् ?
छैनन् । थुप्रै खालका कुरा छन्, जुन नहुनुपर्ने थियो तर, भयो । त्यसमा क्षमा जनताले दिइसकेका छैनन् । तर, यस्तो खालको काम ‘एक से एक’ गर्न थाल्ने हो भने गर्न सक्छन् ।मिटरब्याजीहरूको समस्या समाधान गर्नका लागि सुरुवात भएको छ । जनताले स्याबास भने । यो हो एउटा काम । प्रचण्डको अघिल्लो कार्यकालमा स्याबास भनेर भन्ने खालको काम लोडसेडिङ हटाउने कुरा थियो । अरू स्याबास भन्ने लायक कुनै कामै गरेको होइन ।संविधानमा निःशुल्क शिक्षा लेखेको छ, जनताले व्यवहारमा पाएको छैन । निःशुल्क स्वास्थ्य लेखेको छ, पाएको छैन । अधिकांश जनतालाई यतिखेर पैसा कमाउन बाध्य पारेको छ त्यही शिक्षा र स्वास्थ्यको कारणले । भ्रष्टाचारको स्रोत नै त्यही कुरा हो ।‘रुट’मा त गएकै छैन अझै । यी क्षेत्रमा काम हुन थाल्यो । राम्रा काम गर्न थाल्यो भने सम्भावना त हुन्छ जहिले पनि । सम्भावना त कहिल्यै पनि सकिंदैन । दलहरुले राम्रा काम गर्न थाले भने जनताले स्याबासी पनि देलान्, क्षमा पनि गर्लान् । तर, यही एउटा कारणले मात्रै नेपालको राजनीतिक पार्टीहरू क्षमायोग्य भइसकेका छैनन् ।