Friday, October 18, 2024

झापाका डाक्टर कोइराला सम्पर्कविहीन, गाडी कोशीपारि भेटियो

Share

झापाको दमक नगरपालिका- १ घर भएका डाक्टर प्रज्वल कोइराला सम्पर्कविहीन भएका छन ।

उनी हिजो आइतबार बेलुकादेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले बताएको छ।डाक्टर कोइरालाको प्रदेश १–४१६६ नम्बरको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ ।

उनले प्रयोग गर्ने मोबाइल जुत्ता र कपडा गाडीमा रहेको र गाडी लक नगरेको अवस्थामा रहेको स्थानीय प्रहरीले जनाएको छ । राति २ बजेदेखि उनको खाली गाडी रहिरहेको छ । डाक्टर कोइराला जनरल सर्जन हुन् ।

करिब तीन वर्ष लाइफलाइनमा काम गरेका डाक्टर कोइराला एक साताअघि मात्रै मङ्गलवारे हस्पिटल मोरङमा गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित

अन्य समाचार