लियो क्लब अफ मेचिनगरको अध्यक्षमा आशिष पौडेल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको नेतृत्वमा बर्ष २०२३/०२४ को लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।क्लबकाे प्रथम उपाध्यक्षमा भावना पोख्रेल, द्वितीय उपाध्यक्षमा संगम बराल, तृतीय उपाध्यक्षमा मन्जु चिमरीया, सचिवमा यदुनाथ कार्की (अर्जुन), कोषाध्यक्षमा अभिषेक श्रेष्ठ र सह-कोषाध्यक्षमा अर्जुन गौतम निर्वाचित भएका छन् ।
२६ सदस्यीय रहेको क्लबको सदस्यमा अभिषेक दवाडी, निकेश न्यौपाने, विरू मेचेलगायत रहेका छन् ।लायन्स क्लब अफ मेचीनगरका पुर्व अध्यक्ष सन्तोष आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन मैनाली, लियो क्लब एडभाइजर नवराज प्रधान, दिनेश पोख्रेललगायतको आतिथ्य रहेको थियो ।
लियो क्लब अफ मेचिनगर बर्ष २०२२/०२३ काे अध्यक्ष सन्तोष धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव मन्जु चिमरीयाले गरेकी थिइन् ।