Wednesday, March 12, 2025

लालबहादुर विश्वकर्माले पाए न्याय

Share

कृष्णबहादुर, कृष्णबहादुरकी छोरी सीता र कामदार गोपाललाई जनही एक वर्ष ६ महिना कैद सजाय र ७० हजार जरिवानाको फैसला गरेको थियो ।कृष्णबहादुरका छोरा कमल भने फरार छन् ।

अदालतले दीपकसहित उनका बुबा, दिदी र कामदार लालबहादुरबाट दामासाही हिसाबले १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ विगो भराउन फैसला गरेको थियो ।दीपकको सुनचाँदी पसलमा उनी नभएका बेला बुबा कृष्णबहादुर बस्थे ।

छोराको अनुपस्थितिमा उनले नै व्यापार सञ्चालन गरेका थिए । उनी लेख्न नजान्ने भएका कारण पसलले व्यक्तिको रकम जम्मा गर्न बनाएको पासबुकमा लालबहादुरलाई हस्ताक्षर गर्न लगाउथे ।जिल्ला अदालत समक्ष गरेको बयानमा लालबहादुरले कृष्णबहादुरले लेख्न नजान्दा दुई जनाको पासबुकमा आफूलाई हस्ताक्षर गर्न लगाएको बयान दिएका थिए ।

उनले कृष्णबहादुरको आग्रह पछि सिंहदेवी ज्वेलर्सले इण्डष्ट्रिजले कन्चन चौधरी र अम्बिका अन्जना राईले नाममा जारी गरेको पासबुकमा एक पटक बचत गर्दा हस्ताक्षर गरेका थिए ।प्रहरी अनुसन्धान प्रतिवेदन र अदालतमा बकपत्र गर्दा पनि लालबहादुरले आफू कामदार मात्रै भएको बयान दिएका थिए ।

कृष्णबहादुर र दीपकले पनि लालबहादुरलाई कामदार भएको बयान दिएका थिए । अदालतमा बकपत्र गरेका केही पीडितहरुले पनि उनी कामदार भएको बयान दिएका थिए । तर पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो ।‘प्रहरीले त अधिकतम सजाय दाबी गरेर अभियोग लैजान्छ, तर न्यायमूर्तिले विवेक पु¥याउनु पर्ने हो, त्यसो देखिएन,’ सुनसरीका कानुन व्यावसायीले भने, ‘जिल्लाको फैसलाले लालबहादुरलाई ठूलो अन्याय भएको थियो, उच्च अदालतले न्याय दिएको छ ।’

सम्वन्धित

अन्य समाचार